Our Story

दुर्गालाल केसी (Durga Lal KC)

३६ बर्ष हिंडेरै बिद्यालय

बाटोभरी गाडी, मोटरसाइकल, साइकल गुडिरहन्थे, उनी एक्लै लखरलखर पैदल हिड्थे । एक दिन होइन, दुई दिन होइन, ३६ बर्षसम्म हिड्नु पक्कै पनि सहज थिएन । तुलसीपुर टरिगैंका रुद्रमणि शर्माले दैनिक तीन घण्टा हिडेर ३६ बर्षसम्म शिक्षण गरे ।

डुरुवा भोजपुरस्थित बालमितेरी उच्च माविका समाजशास्त्रका शिक्षक शर्माले शिक्षणको सम्पूर्ण समय त्यही बिद्यालयमा बिताए । दाङ जस्तो सुगम जिल्लामा गाडी मोटरको सहज पहुँच हुँदा पनि उनी पैदलै सेवारत रहे । आर्थिक अभावले यातायातका साधन किन्न नसकिने भएपछि उनले कहिलै गाडी चढ्ने रहर गरेनन् ।

अन्य साथीहरुले मोटरसाइकलमा चढाउलान् की भन्ने डरले उनी सबै शिक्षकहरु निस्किसकेपछि मात्र बिद्यालयबाट निस्कन्थे । ‘साथीहरुले सर मोटरसाइकलमा सँगै जाऔं भन्थे । म चाहीं चढ्न नपरोस् भनेर काम छ भन्दै अवेरसम्म अफिसमा बस्थें । सबै गएपछि मात्र हिड्दै घर जान्थें,’ उनले भने,‘यसैगरी जागिरे जीवन बित्यो । मलाई गाडी चढ्नै मन लागेन ।’